३ बैशाख २०८३, बिहीबार

पार्टी फुटबाट जोगाउन शेखर कोइरालालाई नेताहरूको आग्रह, सम्पर्क कार्यालयमा छलफल जारी

104

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू निकट केन्द्रीय सदस्य, जिल्ला सभापति र कानुन व्यवसायीहरूसँग विशेष छलफल सुरु गर्नुभएको छ। भृकुटीमण्डपमा महामन्त्रीद्वयको नेतृत्वमा विशेष महाधिवेशनको बन्दसत्र सुरु हुने तयारी भइरहँदा कोइरालाको सम्पर्क कार्यालयमा यो बैठक बसेको हो।

छलफलमा सहभागी नेताहरूले पार्टीमा बढ्दो आन्तरिक विवाद र सम्भावित फुटलाई रोक्न कोइरालालाई अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरेका छन्। बैठकमा विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका केही नेताहरूसमेत सहभागी रहेको सचिवालय स्रोतले जनाएको छ।

हिजोको विशेष महाधिवेशन उद्घाटन सत्रमा कोइराला निकट केही केन्द्रीय सदस्यहरू सहभागी भए पनि कोइराला स्वयं भने उपस्थित हुनुभएको थिएन। आजको यस छलफललाई पार्टीभित्रको पछिल्लो ध्रुवीकरण र शक्ति सन्तुलनका दृष्टिले निकै महत्वपूर्ण मानिएको छ।

Author

Leave A Reply

Your email address will not be published.