११ कार्तिक २०८३, मंगलवार

पोखरा विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो

24

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसम र कम दृश्यताका कारण हुने उडान अवरोध न्यूनीकरण गर्न आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा अनुमति आवश्यक पर्ने आरएनपी–एआर प्रणाली लागू गर्न प्रारम्भिक प्राविधिक अध्ययन सम्पन्न गरेको जनाएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ले यो प्रणाली कार्यान्वयनमा आएपछि उडान रद्द हुने, अन्य विमानस्थलमा मोड्नुपर्ने तथा अवतरणमा समस्या हुने अवस्थाहरू घट्ने अपेक्षा गरिएको बताएका छन्।

प्रणाली लागू गर्न विस्तृत प्राविधिक अध्ययन, सुरक्षा मूल्याङ्कन र नियामकीय स्वीकृतिसहितका प्रक्रिया पूरा गर्नुपर्नेछ। यसबाट पोखराको हवाई सेवा थप सुरक्षित, नियमित र विश्वसनीय हुने अपेक्षा गरिएको छ।

Author

Leave A Reply

Your email address will not be published.