ब्रेक फेल भएर जिप दुर्घटना हुँदा १५ जना घाइते
उदयपुर । कटारी नगरपालिका–४ मरुवास्थित सिद्धिचरण राजमार्गमा बोलेरो जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।
प्र.३–०१–०२३ च ६५०६ नम्बरको जिप ब्रेक फेल भई सडकबाट करिब १० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा चालकसहित १५ जना घाइते भएका छन्। उनीहरूको कटारी अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये ७१ वर्षीय रामबहादुर मगरलाई थप उपचारका लागि विराटनगर पठाइएको छ।
चालक सामान्य घाइते भएका छन्। उपचारपछि उनलाई नियन्त्रणमा लिई प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।