११ कार्तिक २०८३, मंगलवार

बर्दियामा बुबाको हत्या आरोपमा छोरा पक्राउ

9

बर्दिया । आफ्नै बुबाको हत्या गरेको आरोपमा बर्दियाको राजापुर नगरपालिका–३, सेन्द्राका राजेन्द्र थारूलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार ५० वर्षीय कालु राम थारूलाई राजेन्द्रले कुटपिट गर्दा गम्भीर घाइते भएका थिए। घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको टोलीले उनलाई आइतबार राति पक्राउ गरेको हो।

कुटपिटबाट घाइते कालु रामको नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेसमा थप उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Author

Leave A Reply

Your email address will not be published.