११ कार्तिक २०८३, मंगलवार

आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुँदै, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

30

काठमाडौं । नेपाली क्रिकेटप्रेमीले प्रतीक्षा गरेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्।

आज अपराह्न ४:३० बजे सुरु हुने खेलमा साविक विजेता लुम्बिनी लायन्स र गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। दुवै टोली प्रतियोगिताको सुरुवात जितबाट गर्ने लक्ष्यसहित मैदान उत्रनेछन्।

यस संस्करणमा काठमाडौं गोर्खाज, पोखरा एभेन्जर्स, विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स र कर्णाली याक्ससहित आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्।

यसपटकको एनपीएलमा डीआरएस (निर्णय पुनरावलोकन प्रणाली) प्रयोग गरिनेछ। प्रतियोगिताले नेपाली क्रिकेटको विकास, खेलाडीको क्षमता प्रदर्शन र घरेलु क्रिकेटप्रति दर्शकको आकर्षण बढाउने अपेक्षा गरिएको छ।

क्रिकेटप्रेमीका लागि रोमाञ्चक बन्ने अपेक्षा गरिएको एनपीएलमा कुन टोलीले उपाधि उचाल्नेछ भन्ने चासो बढेको छ।

Author

Leave A Reply

Your email address will not be published.