एनपीएललाई प्रधानमन्त्री बालेनको शुभकामना, आज आफैँले उद्घाटन गर्दै
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुन लागेको अवसरमा नेपाली क्रिकेटलाई शुभकामना दिएका छन्। उनले एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिताका रूपमा उल्लेख गर्दै केही वर्षमै यो ठूलो खेलकुद उत्सवका रूपमा विकसित भएको बताएका छन्।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतियोगितामा सहभागी हुने अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरलाई स्वागत गर्दै नेपाली खेलाडी, आयोजक र नेपाल क्रिकेट संघ (क्यान) लाई सफलताको शुभकामना दिएका हुन्। उनले नेपाली क्रिकेटको उज्ज्वल भविष्यको कामनासमेत गरेका छन्।
एनपीएलको तेस्रो संस्करण आजदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ। प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।