११ कार्तिक २०८३, मंगलवार

एनपीएल सुरु हुँदै गर्दा कांग्रेस सभापति गगन थापाले दिए खेलाडी र क्रिकेटप्रेमीलाई शुभकामना

28

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुन लागेको अवसरमा खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ (क्यान) र क्रिकेटप्रेमीलाई शुभकामना दिएका छन्।

थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना व्यक्त गर्दै नेपाली क्रिकेटले हासिल गरेको उपलब्धिका पछाडि वर्षौंदेखिको संघर्ष, मेहनत र समर्पण रहेको बताएका छन्।

सीमित स्रोतसाधन र अनेक कठिनाइका बीच नेपाली क्रिकेटलाई वर्तमान अवस्थासम्म पुर्‍याउन योगदान गर्ने खेलाडी, प्रशिक्षक तथा क्रिकेटप्रेमीलाई स्मरण गर्दै उनले नेपाली क्रिकेटले आगामी दिनमा अझै उचाइ हासिल गरोस् भन्ने कामना गरेका छन्।

एनपीएलको नयाँ संस्करणले नेपाली क्रिकेटको विकासमा थप योगदान पुर्‍याउने र खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

Author

Leave A Reply

Your email address will not be published.