११ कार्तिक २०८३, मंगलवार

कर्णालीको हवाई सेवा सुधारबारे सरोकारवालाबीच छलफल

20

काठमाडौं । कर्णाली प्रदेशका पहाडी क्षेत्रमा हवाई उडानका क्रममा देखिएका समस्या र समाधानका उपायबारे सरोकारवालाबीच छलफल भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’, कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री, मन्त्रालयका अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक तथा निजी वायुसेवा सञ्चालकहरूबीच छलफल भएको हो।

छलफलमा कर्णालीको हवाई सेवालाई प्रभावकारी र व्यवस्थित बनाउने तथा उडानका क्रममा देखिएका समस्या समाधान गर्ने उपायबारे विचारविमर्श गरिएको जनाइएको छ।

Author

Leave A Reply

Your email address will not be published.