खैरो हेरोइनजस्तो पदार्थसहित चार जना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका–३२, नरेफाँटबाट खैरो हेरोइनजस्तो देखिने १ ग्राम ७६० मिलिग्राम पदार्थसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गोरखाको भीमसेनथापा गाउँपालिका–५ घर भई पेप्सीकोला बस्ने २८ वर्षीय श्रीकृष्ण बरामसमेत रहेको प्रहरीले जनाएको छ। प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले उनीहरूलाई आइतबार दिउँसो पक्राउ गरेको हो।
प्रहरीले उनीहरूले प्रयोग गरेका दुईवटा ट्याक्सी र एउटा स्कुटरसमेत बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।