११ कार्तिक २०८३, मंगलवार

बङ्गालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातका कारण नेपालमा वर्षा, हिमपात र उच्च सतर्कताको चेतावनी

37

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पोस्ट-मनसुन विशेष मौसमी बुलेटिन-२ अनुसार बङ्गालको खाडीमा रहेको “अर्णव” (Arnab) नामक चक्रवात थप शक्तिशाली बन्दै अति शक्तिशाली चक्रवातका रूपमा कात्तिक ११ (२८ अक्टोबर २०२६) मा भारतको आन्ध्र प्रदेश र विशाखापट्टनम बीचको यानम नजिक तटीय क्षेत्रबाट जमिनमा प्रवेश गर्ने सम्भावना छ।

यस प्रणालीको प्रभावले कात्तिक १२ गते बिहीबारदेखि १४ गते शनिबारसम्म विशेष गरी कोशी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र कर्णाली तथा सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ।

मौसम प्रतिकूल हुने भएकाले धानबाली भित्र्याउने कृषि कार्य बिहीबार अगावै गर्न, उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम भएकाले पर्यटक तथा सर्वसाधारणलाई सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ। साथै चिसो बढ्न सक्ने र सडक तथा हवाई यातायात लगायत dainik जनजीवन प्रभावित हुन सक्ने भएकाले पूर्वतयारी र सतर्कता अपनाउन अनुरोध गर्दै महाशाखाले थप जानकारीका लागि फोन नम्बर ११५५ वा आधिकारिक सामाजिक सञ्जालमा सम्पर्क गर्न भनेको छ।

Author

Leave A Reply

Your email address will not be published.