१२ कार्तिक २०८३, बुधबार

वन र भूमि सम्बन्धी दुई अध्यादेश जारी

208

काठमाडौं, असोज २७ । राष्ट्रपति रामचन्द्र पौडेलले वन तथा भूमि सम्बन्धी कानुन संशोधन गर्नेसम्बन्धी दुई अध्यादेश जारी गरेका छन्।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा ‘वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ र ‘भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेका हुन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिअनुसार दुवै अध्यादेश मंगलबार, २०८३ असोज २७ गते जारी भएका हुन्।

Author

Leave A Reply

Your email address will not be published.