११ कार्तिक २०८३, मंगलवार

नेपालका जलवायु अनुकूलनसम्बन्धी तीन परियोजना स्वीकृत

10

काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटै परियोजना अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका छन्।

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीका अनुसार स्वीकृत परियोजनाले पारिस्थितिक प्रणाली संरक्षण, बाढी तथा पहिरोको पूर्वसूचना प्रणाली सुदृढीकरण र स्थानीय समुदायको जलवायु उत्थानशीलता बढाउन सहयोग पुर्‍याउनेछन्।

स्वीकृत परियोजनामध्ये ‘ग्रिन कोशी’का लागि ९९ लाख २७ हजार ७५० अमेरिकी डलर, हिन्दुकुश हिमालय क्षेत्रमा बाढी तथा पहिरोको पूर्वसूचना प्रणाली सुदृढीकरणका लागि ३ करोड अमेरिकी डलर र लुम्बिनी प्रदेशमा प्रकृतिमैत्री जलवायु कार्यका लागि ४९ लाख ९८ हजार ७०७ अमेरिकी डलर सहयोग प्रस्ताव गरिएको छ।

यी परियोजनाले प्राकृतिक विपद्को जोखिम तथा जलवायु परिवर्तनबाट हुने क्षति न्यूनीकरणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Author

Leave A Reply

Your email address will not be published.