१२ कार्तिक २०८३, बुधबार

ट्रामाडोलसहित दुई जना पक्राउ

47

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–४, डाँछीबाट प्रहरीले नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ३१० ट्याब्लेट र नगद ४२ हजार ५९८ रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ब्रह्मखेलका ३५ वर्षीय गणेश श्रेष्ठ र नुवाकोट घर भई गोकर्णेश्वर नगरपालिका–७, दक्षिणढोका बस्ने २१ वर्षीय अनिस केसी रहेका छन्।

प्रहरी प्रभाग थलीबाट खटिएको टोलीले बा.प्र.०२–०३१ प ३७२२ नम्बरको स्कुटरमा सवार उनीहरूलाई शनिबार साँझ लागूऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

Author

Leave A Reply

Your email address will not be published.