१२ कार्तिक २०८३, बुधबार

साइबर सुरक्षा जोखिमका कारण केही सरकारी वेबसाइट अस्थायी बन्द

13

काठमाडौं । PHP प्रविधिमा गम्भीर सुरक्षा जोखिम देखिएपछि सम्भावित साइबर आक्रमण रोक्न केही सरकारी वेबसाइट तथा प्रणाली अस्थायी रूपमा बन्द गरिएको छ।

सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र (SDOC) का अनुसार ‘PHP2Shell’ नाम दिइएको सुरक्षा जोखिमका कारण लगइन नगरी पनि सर्भरमा कोड चलाउन सक्ने खतरा देखिएको छ। जोखिम नियन्त्रणका लागि सम्बन्धित प्राविधिक टोलीहरू सुरक्षा प्याच र परीक्षणको काममा जुटेका छन्।

सुरक्षा सुधार तथा परीक्षण सम्पन्न भएपछि बन्द गरिएका प्रणाली क्रमशः पुनः सञ्चालनमा ल्याइने केन्द्रले जनाएको छ। सेवा अवरुद्ध हुँदा परेको असुविधाप्रति केन्द्रले क्षमायाचना गरेको छ।

Author

Leave A Reply

Your email address will not be published.