रुकुम पश्चिममा ६ वर्षीय बालकको हत्या आरोपमा एक जना पक्राउ
रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२, स्वारामा ६ वर्षीय बालकको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही ठाउँका ३३ वर्षीय भक्तबहादुर नाथ रहेका छन्। प्रहरीका अनुसार शुक्रबार साँझ उनले ढुङ्गा प्रहार गर्दा बलबहादुर नाथका छोरा रमेश नाथ गम्भीर घाइते भएका थिए।
घाइते बालकको जिल्ला अस्पताल सल्लेमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।