११ कार्तिक २०८३, मंगलवार

नेपाल प्रहरीको निःशुल्क बस सेवाबाट १ हजार ४०६ जना लाभान्वित

25

काठमाडौं । बडादसैँको अवसरमा नेपाल प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन गरेको निःशुल्क बस सेवाबाट १ हजार ४०६ जना लाभान्वित भएका छन्।

कात्तिक ३ र ४ गते सञ्चालन गरिएको सेवाबाट ६६९ पुरुष र ७३७ महिला लाभान्वित भएका हुन्। पहिलो दिन ५१० र दोस्रो दिन ८९६ जनाले सेवा लिएका थिए।

आम नागरिकको सहज आवागमनका लागि प्रहरीले उपत्यकाका तीनवटा रुटमा निःशुल्क बस सेवा सञ्चालन गरेको थियो।

Author

Leave A Reply

Your email address will not be published.