११ कार्तिक २०८३, मंगलवार

दशैँअघि नै आरुघाट पुल सञ्चालनमा ल्याउने तयारी

220

गोरखा । बुढीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्‍याएको गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पक्की पुल पुनः सञ्चालनमा ल्याउन सरकारले तीव्रता दिएको छ।

बाढीले पुलको गोरखातर्फको २२ मिटर आरसीसी भाग बगाए पनि ट्रस संरचना भने सुरक्षित रहेको छ। प्राविधिक मूल्याङ्कनपछि बाँकी संरचनामा बेलिब्रिज जडान गरेर पुल सञ्चालन गर्न सकिने निष्कर्ष निकालिएसँगै काम सुरु गरिएको हो।

सरकारले आवागमन सहज बनाउन दशैँअघि नै पुल पुनः सञ्चालनमा ल्याउने लक्ष्यसहित काम अघि बढाएको छ।

Author

Leave A Reply

Your email address will not be published.