उखु किसानलाई १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी अनुदान वितरण गरिने
काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उखु उत्पादक किसानलाई १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी प्रोत्साहन अनुदान वितरण गर्ने प्रक्रिया अघि बढाउनुभएको छ।
मन्त्री चौधरीले अनुदान वितरणका लागि आवश्यक कार्यविधि स्वीकृत गर्नुभएको हो। आर्थिक वर्ष २०८३/८४ मा निकासा भएको १ अर्ब ५० करोड ५० हजार रुपैयाँ बर्दिया, रौतहट, कैलाली, कञ्चनपुरलगायत विभिन्न जिल्लाका उखु किसानलाई वितरण गरिनेछ।
सरकारले उखु खेतीमा किसानलाई प्रोत्साहन गर्ने, कृषि उत्पादकत्व बढाउने र अनुदान लक्षित किसानसम्म पुर्याउने उद्देश्यले प्रतिक्विन्टल ७० रुपैयाँका दरले प्रोत्साहन अनुदान उपलब्ध गराउँदै आएको छ।