१२ कार्तिक २०८३, बुधबार

मन्त्री चौधरी र डब्लुडब्लएफ प्रमुखबीच भेटवार्ता

23

काठमाडौं — कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी र विश्व वन्यजन्तु कोष (डब्लुडब्लएफ) अमेरिकाका प्रमुख कार्यकारी अधिकृत लोरेन मेयरबीच भेटवार्ता भएको छ।

भेटमा बाढी तथा विपद् पुनर्निर्माण, जैविक विविधता संरक्षण, जलवायु उत्थानशीलता तथा वन्यजन्तु व्यवस्थापनका विषयमा छलफल भएको छ।

मन्त्री चौधरीले बढ्दो मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि आधुनिक प्रविधि र वैज्ञानिक व्यवस्थापन आवश्यक रहेको बताइन्। बाँदर व्यवस्थापनमा बन्ध्याकरण, हात्ती व्यवस्थापनका लागि विशेष परियोजना तथा मानवभक्षी बाघ व्यवस्थापनका लागि विशेष संरक्षण क्षेत्र स्थापनाबारे समेत छलफल भएको छ।

डब्लुडब्लएफ प्रमुख मेयरले नेपालमा दिगो तथा जलवायु उत्थानशील पुनर्निर्माणका लागि प्रविधि, ज्ञान र स्रोत परिचालनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

Author

Leave A Reply

Your email address will not be published.