१२ कार्तिक २०८३, बुधबार

चन्द्र भण्डारीको उपसभापतिमा उम्मेदवारी

48

काठमाडौं — नेपाली कांग्रेसको १५औँ महाधिवेशन जारी रहेका बेला नेता डा. चन्द्रकान्त भण्डारीले उपसभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्।

भण्डारीले ‘समृद्ध मुलुक, खुसी नेपाली’ र ‘समयअनुकूल विचार बोकेर हिँड्ने पार्टी निर्माण’लाई आफ्नो उम्मेदवारीको मुख्य लक्ष्य बताएका छन्।

उनले कांग्रेसले इतिहास बनाइसकेको भन्दै अब भविष्य निर्माण गर्ने जिम्मेवारी वर्तमान पुस्ताको काँधमा रहेको बताएका छन्। साथै, समृद्ध नेपाल र रूपान्तरित कांग्रेस निर्माणका लागि आफूलाई विजयी बनाउन महाधिवेशन प्रतिनिधिहरूसँग आग्रह गरेका छन्।

Author

Leave A Reply

Your email address will not be published.