२९ भाद्र २०८३, सोमबार

भ्रामक प्रचारले शिक्षा सुधार अभियान नरोकिने शिक्षामन्त्री पोखरेलको भनाइ

7

काठमाडौँ, २७ भदौ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि मधेश प्रदेशमा भइरहेको सुझाव संकलन कार्यक्रमलाई प्रभावित पार्ने गरी घटनाको सन्दर्भ तोडमोड गरेर भ्रामक प्रचार गरिएको बताउनुभएको छ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उहाँले छोटो भिडियो क्लिपका आधारमा घटनाको पूर्ण सन्दर्भ नबुझी धारणा बनाउन नहुने बताउनुभयो। सिरहा र सप्तरीमा आयोजित अन्तरक्रियामा १०० भन्दा बढी विद्यार्थी, शिक्षक, अभिभावक तथा सरोकारवालाको सहभागिता रहेको र दुई जनाले हल्लाखल्ला गरेपछि आफूहरू कार्यक्रमस्थलबाट बाहिरिएको उहाँको भनाइ छ।

मन्त्री पोखरेलले घटनापछि पनि शिक्षा सुधार अभियान नरोकेको बताउँदै सिरहाका विद्यालय तथा मदरसा पुगेर विद्यार्थीहरूसँग संवाद गर्नुका साथै विभिन्न विद्यालयबाट सुझाव संकलन गरिएको जानकारी दिनुभयो।

विद्यालय शिक्षालाई व्यवहारिक, सीपमूलक र समयसापेक्ष बनाउने उद्देश्यले राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले विभिन्न जिल्लामा सुझाव संकलन गरिरहेको छ। पहिलो चरणमा भदौ २४ देखि सातै प्रदेशका २८ जिल्लामा सुरु भएको अभियान भदौ ३० गतेसम्म सञ्चालन हुनेछ भने दोस्रो चरणमा ७७ वटै जिल्लाबाट सुझाव लिइनेछ।

Author

Leave A Reply

Your email address will not be published.