ओमान, असोज २६ – आईसीसी टी–२० विश्वकप एसिया र ईएपी छनोट अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपालले यूएईविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
ओमानको अल अमारेत ग्राण्ड मैदानमा नेपाली समयअनुसार सवा ४ बजे खेल सुरु हुनेछ। नेपालले यसअघि जापानविरुद्ध खेलेको नै टोलीलाई कायम राखेको छ।