१३ श्रावण २०८३, बुधबार

फेसबुकसहितका गैर-सूचीकृत सामाजिक सञ्जाल आजैदेखि बन्द हुने

308

२०८२ भदौ १९ गते बिहिबार, काठमाडौं।

नेपालमा दर्ता तथा सूचीकरण नभएका फेसबुकलगायतका अन्य सामाजिक सञ्जालहरूलाई सरकारले आजैदेखि बन्द गर्ने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बसेको बैठकले यो महत्त्वपूर्ण निर्णय गरेको हो।

गत भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालित सबै सामाजिक सञ्जालहरूलाई एक साताभित्र सूचीकरण हुन निर्देशन दिएको थियो।

तर, उक्त निर्देशनलाई बेवास्ता गरिएपछि सरकारले सामाजिक सञ्जालहरूलाई निष्क्रिय बनाउने कठोर कदम चालेको हो। यस निर्णयले नेपालमा सामाजिक सञ्जालको प्रयोगमा ठूलो प्रभाव पर्ने देखिएको छ।

Author

Leave A Reply

Your email address will not be published.