२०८१ फागुन ५ गते सोमबार ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।
पोखराको एक उद्घाटन समारोहमा बेलुन फुटेर घाइते भएका अर्थमन्त्री पौडेल आज अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
सोही घटनामा घाइते भएका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको उपचार भने चलिरहेको अस्पतालले जनाएको छ ।