१२ कार्तिक २०८३, बुधबार

आरुघाट पुलमा बेलिब्रिज निर्माणका लागि सात ट्रक सामग्री पुग्यो

225

गोरखा । बुढीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्‍याएको गोरखाको आरुघाट र धादिङ जोड्ने पक्की पुलमा बेलिब्रिज निर्माणका लागि सरकारले सात ट्रक सामग्री पुर्‍याएको छ।

आइतबार बिहान आएको बाढीले पुलको गोरखातर्फको भागमा क्षति पुर्‍याएपछि आवागमन सहज बनाउन बेलिब्रिज जडानको काम अघि बढाइएको हो। पुल पुनः सञ्चालनमा ल्याउने उद्देश्यले आवश्यक सामग्री स्थलमा पुर्‍याइएको छ।

Author

Leave A Reply

Your email address will not be published.