१३ कार्तिक २०८३, बिहीबार

विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्नुपर्नेमा जोड

130

काठमाडौं, २६ असोज । विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्दै स्वायत्त र प्रभावकारी रूपमा सञ्चालन गर्ने व्यवस्था गर्न सरोकारवालाले जोड दिएका छन्।

शिक्षा ऐन तर्जुमाका लागि शिक्षा तथा खेलकुद मन्त्रालयले विशेष उद्देश्यले स्थापित विद्यालयका पदाधिकारीसँग गरेको छलफलमा विद्यालयको सञ्चालन, व्यवस्थापन, आर्थिक अवस्था र शिक्षाको गुणस्तर सुधारका लागि आवश्यक कानुनी तथा नीतिगत व्यवस्था गर्न सुझाव दिइएको हो।

छलफलमा तीनै तहका सरकारबीच समन्वय, प्रशासनिक जवाफदेहिता र उपयुक्त सञ्चालन ढाँचा निर्धारण गर्नुपर्नेमा जोड दिइयो। विद्यालयका प्रतिनिधिहरूले शिक्षक दरबन्दी अभाव, विद्यार्थी सङ्ख्या वृद्धि गर्न नसकिएको र व्यवस्थापकीय कठिनाइ रहेको भन्दै शिक्षा ऐनमै विशेष प्रकृतिका विद्यालयलाई सम्बोधन गर्न माग गरेका थिए।

Author

Leave A Reply

Your email address will not be published.