१२ कार्तिक २०८३, बुधबार

प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन

19

काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अधिकृतहरूलाई कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी निष्पक्ष रूपमा कर्तव्य निर्वाह गर्न निर्देशन दिएका छन्।

प्रहरी निरीक्षक आधारभूत तालिम (१–१८४औँ समूह) को दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नैतिकता, निष्ठा, इमानदारी र अनुशासन प्रहरी सेवाका महत्त्वपूर्ण आधार भएको बताए। उनले संविधान र प्रचलित कानुनको पालना गर्दै नागरिकले अनुभूति गर्ने गरी शान्ति सुरक्षा कायम गर्न तथा अपराध अनुसन्धानमा खटिन प्रहरी अधिकृतहरूलाई आग्रह गरे।

उनले बदलिँदो अपराधको स्वरूपअनुसार सूचना प्रविधिको सही प्रयोग गरी वैज्ञानिक, तथ्यपरक र प्रमाणमा आधारित अनुसन्धान गर्नुपर्नेमा जोड दिए। सरकारले अनुसन्धानका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरे।

१६ महिने आधारभूत तालिम पूरा गरी दीक्षित प्रहरी निरीक्षकहरूलाई बधाई दिँदै उनले कार्यसफलताको शुभकामना व्यक्त गरे।

Author

Leave A Reply

Your email address will not be published.