२३ जेष्ठ २०८३, शनिबार

आईसीसी विश्वकप लिग-२: नेपालले यूएईविरुद्ध टस जितेर ब्याटिङ गर्दै

154

दुबई, आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्दैछ। दुबईस्थित आईसीसी एकेडेमीमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

लिग-२ सिरिजको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ। अमेरिकासँगको खेलमा नेपालको ब्याटिङ कमजोर देखिएको थियो। यता, घरेलु टोली यूएई पनि पहिलो जितको खोजीमा छ, जसले मंगलबार राति भएको खेलमा अमेरिकासँग चार विकेटले पराजय भोगेको थियो।

विश्वकप लिग-२ मा १७ खेल खेलेको नेपाल १२ अंकसहित सातौं स्थानमा छ भने समान खेल खेलेको यूएई ६ अंकसहित आठौं स्थानमा रहेको छ। २२ खेलबाट ३२ अंक जोडेको अमेरिका तालिकाको दोस्रो स्थानमा छ।

नेपालले यूएईसँगको आजको खेलपछि कार्तिक १५ गते शनिबार अमेरिकासँग र कार्तिक १९ गते बुधबार पुनः यूएईसँग खेल्नेछ।

Author

Leave A Reply

Your email address will not be published.