आईसीसी विश्वकप लिग-२ : कप्तान रोहितको शतक, नेपालद्वारा यूएईलाई २३४ रनको लक्ष्य
दुबईस्थित आईसीसी क्रिकेट एकेडेमी मैदानमा जारी आईसीसी विश्वकप लिग–२ सिरिज अन्तर्गतको खेलमा नेपालले यूएईलाई २३४ रनको लक्ष्य दिएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित कुमार पौडेलले शानदार शतकीय प्रदर्शन गरे। उनको सानदार कप्तानी इनिङ्सको मद्दतमा नेपालले निर्धारित ५० ओभरमा प्रतिस्पर्धात्मक योगफल तयार गर्न सफल भयो।
अब यूएईले जितका लागि २३५ रनको लक्ष्य पछ्याउनेछ।