२ आश्विन २०८३, शुक्रबार

मोदीसँगको भेटपछि रवि लामिछानेले भने– ‘नेपाल-भारत सम्बन्धमा विकास कूटनीतिको नयाँ युग सुरु हुनेछ’

71

रास्वपा सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटघाट निकै फलदायी रहेको बताउनुभएको छ। आज भएको करिब एक घण्टा लामो कुराकानीपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै लामिछानेले नेपाल र भारतबीच विगतका समस्या र सीमाहरूलाई नाघेर विकास कूटनीतिको नयाँ युग सुरु गर्न आफू उत्साहित रहेको उल्लेख गर्नुभएको छ।

उहाँले डिजिटल कोरिडोर, साझा सभ्यताको सम्बन्ध र सहज कनेक्टिभिटीमार्फत दुई देशबीच आपसी विश्वास र प्रगतिको साझेदारी बनाउन सकिने बताउनुभयो। लामिछानेले दुवै देशको साझा समृद्धिका लागि रास्वपाले यी सम्भावनाहरूलाई व्यवहारमा उतार्न काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ।

Author

Leave A Reply

Your email address will not be published.