इलामको देउमाईमा जिप दुर्घटना हुँदा चालकको मृत्यु
इलामको देउमाई नगरपालिका–०१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
बिहीबार प्र.१–०१–००१ ज ३७०६ नम्बरको बोलेरो जिप सडकमा पल्टिँदा गाडीले थिचिएर देउमाई–०१ चमैता बस्ने अन्दाजी ३५ वर्षीय चालक तीर्थराज बस्नेतको घटनास्थलमै मृत्यु भएको हो। घट्नाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय मंगलबारेबाट खटिएको प्रहरी टोलीले कानुनी प्रक्रिया अघि बढाउँदै दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान सुरु गरेको छ।