१ आश्विन २०८३, बिहीबार

भोटेकोशी बाढी: १,४०९ जनाको शव फेला, ४ हजारभन्दा बढी अझै बेपत्ता

4
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण बिहीबार दिउँसोसम्म १ हजार ४ सय ९ जनाको शव फेला परेको छ।
विभिन्न जिल्लाहरू—रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ, नवलपरासी पूर्व र नवलपरासी पश्चिममा गरी १ हजार ४ सय ७ जना तथा काठमाडौंमा उपचारका क्रममा २ जनाको मृत्यु भएको हो। हालसम्म १ हजार २ सय ३७ वटा शव व्यवस्थापन गरिसकिएको छ भने पहिचानका लागि मृतक र आफन्तको गरी कुल ३ हजार २ सय ३० वटा डीएनए नमुना संकलन गरिएको छ। पहिचान नभएका १ हजार ३ सय ६१ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिएको छ।
उद्धार, राहत तथा शव व्यवस्थापनका लागि ७ हजार ९ सय ७५ जना प्रहरी परिचालन गरिएको छ। बेपत्ता ४ हजार ८९ जनाको खोजी कार्य जारी छ भने विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा २ हजार ३ जनालाई राखिएको छ।

Author

Leave A Reply

Your email address will not be published.