१ आश्विन २०८३, बिहीबार

भोटेकोसी बाढीप्रभावितका लागि गुरु रिम्पोछेद्वारा १ करोड ५० लाख सहयोग

15
भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गुरु रिम्पोछेले १ करोड ५० लाख रुपैयाँ सहयोग गर्नुभएको छ। उहाँले असोज १ गते बिहीबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो, जुन रकम प्रधानमन्त्री दैवी प्रकोप राहत तथा उद्धार कोषमा जम्मा गरिनेछ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारको उपस्थितिमा भएको उक्त कार्यक्रममा गुरु रिम्पोछेको पुस्तक ‘जोए अफ लाइफ’ पनि मन्त्री पोखरेललाई हस्तान्तरण गरिएको थियो। रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत क्षेत्रमा बाढीबाट भएको ठूलो जनधनको क्षतिपछि राहत तथा पुनःस्थापना कार्यमा सघाउन यो सहयोग गरिएको बताइएको छ।

Author

Leave A Reply

Your email address will not be published.