३१ भाद्र २०८३, बुधबार

पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट सुझाव संकलन: नैतिक शिक्षा, एआई र सीपमूलक शिक्षामा जोड

1
विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि पाठ्यक्रम विकास केन्द्रले सातै प्रदेशका ४६ केन्द्रमार्फत २५ हजारभन्दा बढी सरोकारवालाबाट सुझाव संकलन गरेको छ। २८ भन्दा बढी जिल्लाका विद्यालय र कक्षाकोठामै पुगेर विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय तहसँग प्रत्यक्ष अन्तरक्रिया गरी पृष्ठपोषण लिइएको हो।
मुख्य सुझावहरू:
  • विषयवस्तु: नैतिक शिक्षा, संस्कार, कृत्रिम बुद्धिमत्ता (एआई), कोडिङ, जलवायु परिवर्तन, विपद् व्यवस्थापन र उद्यमशीलतालाई पाठ्यक्रममा प्राथमिकता दिनुपर्ने।
  • व्यावहारिक शिक्षा: पाठ्यक्रमलाई चुस्त र व्यावहारिक बनाउँदै ‘बुक फ्री डे’ तथा ‘व्यागलेस डे’ जस्ता अभ्यासलाई प्रवर्द्धन गर्नुपर्ने।
  • क्षमता विकास र समावेशिता: शिक्षकको पेसागत विकास, क्षमता अभिवृद्धि र मूल्याङ्कन प्रणालीमा समावेशिता ल्याउनुपर्ने।
प्राप्त सुझावहरूका साथै विज्ञहरूले तयार पारेका १२ वटा थिमेटिक पेपर र अनुसन्धानका निष्कर्षलाई आधार बनाएर पाठ्यक्रम परिमार्जनको काम अघि बढाइने केन्द्रले जनाएको छ।

Author

Leave A Reply

Your email address will not be published.