३० भाद्र २०८३, मंगलवार

नवलपुरमा श्रीमानद्वारा खुर्पा प्रहार गरी श्रीमतीको हत्या

7
नवलपरासी (बर्दघाट सुस्ता पूर्व): नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनय त्रिवेणी गाउँपालिका–३ चिसापानीमा श्रीमानले धारिलो हतियार (खुर्पा) प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।
स्थानिय ४३ वर्षीय शेरबहादुर विकले आफ्नी ४० वर्षीया श्रीमती उनिमाया विकको घाँटीमा खुर्पा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनास्थलमा SOCO (अपराध स्थल अनुसन्धान) टोली र अनुसन्धान अधिकृतसहितको प्रहरी टोली पुगी आरोपी शेरबहादुर विकलाई नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

Author

Leave A Reply

Your email address will not be published.