२९ भाद्र २०८३, सोमबार

भोटेकोशी बाढी: मृतकको संख्या १,३९२ पुग्यो, ४ हजारभन्दा बढी अझै बेपत्ता

18
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार ३ सय ९२ पुगेको छ। सोमबार दिउँसो ११:०० बजेसम्मको अध्यावधिक विवरण अनुसार चितवनमा ३ सय ६४, नवलपरासी पूर्वमा २ सय ३२, नवलपरासी पश्चिममा २ सय २२, नुवाकोटमा २ सय २, रसुवामा १ सय ८६, गोरखामा ७७, धादिङमा ७१ र तनहुँमा ३८ जनाको शव फेला परेको हो।
फेला परेका शवहरूमध्ये आवश्यक कानुनी र प्राविधिक प्रक्रिया पूरा गरी हालसम्म १ हजार २ सय ३० वटा शव माटोमुनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ८ सय ५३ गरी कुल ३ हजार १ सय ३९ वटा डिएनए नमुना संकलन गरिएको छ भने पहिचान नभएका १ हजार ३ सय ५४ वटा शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत तथा शव व्यवस्थापनका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी परिचालन गरिएको छ। बाढीमा परी बेपत्ता भएका ४ हजार ८९ जनाको खोजी कार्य जारी छ भने प्रभावित २ हजार ७ सय ८१ जनालाई विभिन्न जिल्लाका होल्डिङ सेन्टरहरूमा सुरक्षित राखिएको छ।

Author

Leave A Reply

Your email address will not be published.