रसुवा भोटेकोशी बाढी: मृतकको संख्या १,३८६ पुग्यो, ४ हजारभन्दा बढी अझै बेपत्ता
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। आइतबार दिउँसो २:०० बजेसम्म प्राप्त अध्यावधिक विवरण अनुसार बाढीका कारण १ हजार ३ सय ८६ जनाको शव फेला परेको छ।
बाढीले विभिन्न जिल्लाहरूमा क्षति पुर्याएको छ। प्रहरीका अनुसार सबैभन्दा बढी चितवनमा ३ सय ६४ जना र नवलपरासी पूर्वमा २ सय ३० जनाको शव भेटिएको छ। यस्तै नवलपरासी पश्चिममा २ सय २२, नुवाकोटमा १ सय ९९, रसुवामा १ सय ८५, धादिङमा ७१, गोरखामा ७७ र तनहुँमा ३८ जनाको शव फेला परेको छ।
१,२३० शवको व्यवस्थापन, डिएनए नमुना संकलन जारी फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना संकलन र आवश्यक कानुनी प्रक्रिया पूरा गरी हालसम्म १ हजार २ सय ३० वटा शव माटोमुनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ।
शव पहिचान कार्यलाई तीव्रता दिन मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ८ सय ४६ गरी कुल ३ हजार १ सय ३२ वटा डिएनए नमुना संकलन गरिएको छ। साथै, पहिचान हुन नसकेका १ हजार ३ सय ५४ वटा शवहरूको विवरण सर्वसाधारण र आफन्तको जानकारीका लागि नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा अपलोड गरिएको छ।
४ हजारभन्दा बढी बेपत्ता, उद्धारमा ८ हजार प्रहरी