प्रधानमन्त्री वालेन्द्र शाह र निजी क्षेत्रका प्रमुख उद्योगीहरूबीच छलफल
काठमाडौँ। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा देशका प्रमुख उद्यमी तथा व्यवसायीहरूसँग छलफल गर्नुभएको छ। छलफलमा उद्योगीहरू बिनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकाल सहभागी हुनुहुन्छ।
उक्त भेटवार्तामा मुलुकको विद्यमान आर्थिक अवस्था, निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीको वातावरण र रोजगारी सिर्जनाका विषयमा गहन कुराकानी भइरहेको छ। साथै, सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै अर्थतन्त्रका चुनौती समाधान गर्ने र लगानी अनुकूल वातावरण निर्माण गर्ने विषयमा छलफल केन्द्रित रहेको छ।