२७ भाद्र २०८३, शनिबार

सेनाद्वारा नुवाकोटको देवीघाटमा ‘एक्रो ब्रिज’ जडान सम्पन्न, भोलिदेखि आवतजावत खुला हुने

28
मिति: २५ भदौ, २०८३ (काठमाडौँ)
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पक्की पुल बगाएपछि ठप्प बनेको नुवाकोटको देवीघाट क्षेत्रमा सेनाको टोलीले ‘एक्रो ब्रिज’ जडान कार्य सफलतापूर्वक सम्पन्न गरेको छ। नेपाली सेनाले लगातार ५ दिनसम्म खटिएर पुल जडानको काम पूरा गरेको हो।
नयाँ पुल जडान भएसँगै भोलिदेखि पैदलयात्रीका लागि आवतजावत खुला गरिनेछ भने पर्सिदेखि सवारी साधनहरूसमेत सञ्चालनमा ल्याइने भएको छ।
यसअघि बाढीका कारण मुख्य पक्की पुल बगेपछि नुवाकोट र आसपासका क्षेत्रको यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो। सेनाले छोटो समयमै वैकल्पिक पुल तयार पारेपछि स्थानीयवासी, व्यापारी तथा यात्रुहरूलाई ठूलो राहत मिलेको छ।

Author

Leave A Reply

Your email address will not be published.