२७ भाद्र २०८३, शनिबार

न्यूजिल्याण्डका प्रधानमन्त्रीसँग प्रधानमन्त्री वालेन्द्र शाहको टेलिफोन वार्ता: विपद् व्यवस्थापन र जलवायु सहयोगबारे छलफल

12
काठमाडौँ। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह र न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच आज टेलिफोन वार्ता भएको छ।
वार्ताका क्रममा प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यहरू तीव्र पारिएको र बेपत्ता नागरिकहरूको खोजीलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो। साथै, नेपाल उच्च जलवायुजन्य विपद्को जोखिममा रहेको उल्लेख गर्दै उहाँले क्षति तथा नोक्सानी वित्तीय सहयोगका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा न्यूजिल्याण्डको रचनात्मक सहयोगको अपेक्षा गर्नुभयो।
सो अवसरमा न्यूजिल्याण्डका प्रधानमन्त्री लक्सनले विनाशकारी बाढीप्रति दुःख व्यक्त गर्दै समवेदना र ऐक्यबद्धता जनाउनुभयो। प्रधानमन्त्री शाहले न्यूजिल्याण्ड सरकारले उपलब्ध गराएको २० लाख न्यूजिल्याण्ड डलर बराबरको मानवीय सहायताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभएको छ।

Author

Leave A Reply

Your email address will not be published.