२७ भाद्र २०८३, शनिबार

नक्कली टिकटक आइडीमार्फत ठगी गर्ने ३ जना पक्राउ

19

काठमाडौं । सस्तो दरमा ईभी स्कुटर र मोटरसाइकलका पार्टपुर्जाहरू उपलब्ध गराउने भन्दै अनलाइन ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा २१ वर्षीय सन्दिप कुमार सिंह कुशुवाह (सर्लाही), २१ वर्षीय सुमित दास (सप्तरी) र २२ वर्षीय दिपुश सिंह (महोत्तरी) रहेका छन् ।

उनीहरूले टिकटकमा ‘CERTIFIED EV SELLER’ नामको नक्कली प्रोफाइल बनाई आकर्षक विज्ञापन राखेर मानिसहरूलाई प्रलोभनमा पार्ने गरेका थिए । विज्ञापन हेरेर सामान अर्डर गर्नेहरूसँग अग्रिम भुक्तानी (Advance Payment) का लागि रकम लिएपछि उनीहरू सम्पर्कविहीन हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।

Author

Leave A Reply

Your email address will not be published.