३० भाद्र २०८३, मंगलवार

भोटेकोशी बाढी: १,३९७ जनाको शव फेला, ४ हजारभन्दा बढी अझै बेपत्ता

10
काठमाडौं: रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मङ्गलबार दिउँसोसम्म १ हजार ३ सय ९७ जनाको शव फेला परेको छ। प्रहरीका अनुसार चितवनमा ३६४, नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०२, रसुवामा १८९, गोरखामा ७८, धादिङमा ७२ र तनहुँमा ३८ जनाको शव भेटिएको हो।
फेला परेका शवहरूको पहिचानका लागि मृतक र आफन्तका गरी कुल ३ हजार १ सय ७५ वटा डिएनए नमुना सङ्कलन गरिएको छ। आवश्यक कानूनी प्रक्रिया पूरा गरी हालसम्म १ हजार २ सय ३० वटा शव सुरक्षित रूपमा व्यवस्थापन गरिएको र पहिचान हुन बाँकी १ हजार ३ सय ६१ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ। घटनामा बेपत्ता भएका ४ हजार ८९ जनाको खोजी कार्य निरन्तर जारी रहेको छ भने प्रभावित विभिन्न जिल्लाका होल्डिङ सेन्टरहरूमा ३ हजार ४ सय ४० जनालाई आश्रय दिएर राखिएको प्रहरीले जनाएको छ।

Author

Leave A Reply

Your email address will not be published.