प्रधानमन्त्री वालेन्द्र शाह र कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनबीच भेटवार्ता
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
भेटका क्रममा प्रधानमन्त्री शाहले विपद्को कठिन परिस्थितिमा अमेरिकी सरकारले देखाएको ऐक्यबद्धता, सहयोग र पर्यटन विकासका अवसरहरूप्रति आभार व्यक्त गर्दै अमेरिकी लगानीको स्वागत गर्ने बताउनुभयो। साथै, उहाँले जलवायु परिवर्तनका कारण परेको असर सम्बोधन गर्न विश्वव्यापी सहकार्यमा जोड दिनुभयो।
सो अवसरमा कार्यवाहक राजदूत बोल्डिनले रसुवा बाढीका पीडितहरूप्रति समवेदना प्रकट गर्दै उद्धार, राहत तथा पुनर्निर्माणका प्रयासमा अमेरिकी सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभयो।