३० भाद्र २०८३, मंगलवार

प्रधानमन्त्रीको घोषणाअनुसार कृष्णभीरमा नयाँ ट्रयाक खोलियो, असोज १ गतेदेखि दुईतर्फी यातायात सञ्चालन हुने

13
काठमाडौँ: पृथ्वीराजमार्गको नागढुङ्गा–मुग्लिन सडकखण्ड अन्तर्गत कृष्णभीरमा प्रधानमन्त्री वालेन्द्र शाहले घोषणा गर्नुभएको समयसीमाभित्रै नयाँ ट्रयाक निर्माण सम्पन्न भएको छ। भदौ १० र १४ गतेको बाढीले ‘सुरक्षा पर्खाल’ भत्काएर सडक पूर्ण रूपमा अवरुद्ध भएपछि प्रधानमन्त्री शाहले भदौ १७ गते संसद्मा सम्बोधन गर्दै भदौभित्रै सडक सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाउनुभएको थियो।
पूर्वाधार विकास मन्त्रालय, सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटीका विज्ञहरूको द्रुत अध्ययनपछि भदौ १९ गतेदेखि पहाड काटेर २५० मिटर लामो नयाँ ट्रयाक निर्माण सुरु गरिएको थियो। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको प्रत्यक्ष अगुवाइमा ५० जना प्राविधिक तथा श्रमिकले दैनिक १२ देखि १६ घण्टासम्म खटेर ३५ मिटर उचाइ र २० मिटर भित्रसम्म पहाड खनेका हुन्।
काम सुरु भएको १०औँ दिन अर्थात् भदौ २८ गतेदेखि नै परीक्षणका रूपमा अत्यावश्यक सवारी साधन र ग्यास बुलेट चलाउन थालिएको छ। हाल नाली निर्माण तथा ग्राभेलको काम अन्तिम चरणमा पुगेकाले आगामी असोज १ गते बिहीबारदेखि उक्त सडकखण्डमा दुईतर्फी यातायात सेवा पूर्ण रूपमा सञ्चालनमा ल्याइने भएको छ।

Author

Leave A Reply

Your email address will not be published.