१ आश्विन २०८३, बिहीबार

सुरक्षण मुद्रणमा आत्मनिर्भर बन्दै अन्तर्राष्ट्रिय बजारमा पुग्ने सरकारको लक्ष्य: सञ्चारमन्त्री डा. तिमिल्सिना

20
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाललाई सुरक्षण मुद्रणका क्षेत्रमा आत्मनिर्भर बनाउँदै यसको सेवा र उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्न सकिने बताउनुभएको छ। मन्त्रालयमा आयोजित विज्ञहरूसँगको अनुभव आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले राहदानी, बैंक नोट, परिचयपत्र र राजस्वसम्बन्धी सामग्री स्वदेशमै उत्पादन गरी केन्द्रलाई प्रतिस्पर्धी र व्यावसायिक बनाउनुपर्नेमा जोड दिनुभयो। सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न सक्ने व्यावसायिक निकायका रूपमा विकास गर्ने निर्णय गरिसकेको सन्दर्भमा, नक्कली कागजात नियन्त्रणका लागि आधुनिक प्रविधि, बहुस्तरीय सुरक्षा प्रणाली र दक्ष जनशक्ति तयार गर्नुपर्ने विज्ञहरूले औंल्याएका छन्। अन्तर्राष्ट्रिय विज्ञहरू तादेज जे. टर्क, क्यामिला स्मिड र लास्लो वर्गा सहभागी उक्त छलफलमा सुरक्षण मुद्रणका लागि आवश्यक अन्तर्राष्ट्रिय मापदण्ड, प्रविधि हस्तान्तरण तथा बजार विस्तारका सम्भावनाबारे विस्तृत चर्चा गरिएको थियो।

Author

Leave A Reply

Your email address will not be published.