भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा रू ३३ लाख ५० हजार सहयोग
भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेल आजियाटा लिमिटेडका कर्मचारीहरूले सामूहिक रूपमा रू ३३ लाख ५० हजार सहयोग गरेका छन्।
कर्मचारीका तर्फबाट सङ्कलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरी रसिद सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनालाई हस्तान्तरण गरिएको छ। एनसेलका चिफ रेगुलेटरी एन्ड कर्पोरेट सर्भिसेज अफिसर डिल्लीराम श्रेष्ठले दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेको उपस्थितिमा सो सहयोग रसिद बुझाउनुभएको हो। Encell ले यसअघि पनि संस्थागत रूपमा कोषमा रू १ करोड सहयोग गरिसकेको छ।