प्रधानमन्त्री वालेन्द्र शाह र जापानी राजदूत माइदा तोरुबीच भेटवार्ता
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जापानी राजदूत माइदा तोरुले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
भेटका क्रममा प्रधानमन्त्री शाहले बाढी तथा विपद्को कठिन परिस्थितिमा जापान सरकारले देखाएको सद्भाव, सहयोग र ऐक्यबद्धताका लागि आभार व्यक्त गर्नुभयो। सो अवसरमा जापानी राजदूत तोरुले क्षतिप्रति गहिरो संवेदना प्रकट गर्दै विपद्पछिको पुनःस्थापना तथा पुनर्निर्माणमा जापान सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभयो। भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विविध आयामबारे समेत छलफल भएको छ।