२१ जेष्ठ २०८३, बिहीबार

शिक्षामा २ खर्ब १८ अर्ब र खेलकुदमा ४ अर्ब बजेट विनियोजन: गेटामा एमबिबिएसदेखि अन्तर्राष्ट्रियस्तरका क्रिकेट रङ्गशालासम्म

8

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि शिक्षा र खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्‌मा प्रस्तुत गरेको बजेटमा शिक्षा क्षेत्रका लागि २ खर्ब १८ अर्ब ३० करोड र खेलकुदका लागि ४ अर्ब ३ करोड रुपैयाँ छुट्याइएको छ।

शिक्षा क्षेत्रका मुख्य योजना:

  • गेटामा चिकित्सा शिक्षा: सुदूरपश्चिमको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आगामी शैक्षिक सत्रदेखि एमबिबिएससहित चारवटा शैक्षिक कार्यक्रम सुरु गरिने।

  • छात्रवृत्ति र पूर्वाधार: छात्रवृत्तिका लागि ८ अर्ब ६० करोड र सामुदायिक विद्यालयको पूर्वाधारका लागि १ अर्ब विनियोजन।

  • नवीनतम कार्यक्रम: वैदेशिक रोजगारीमा रहेका युवालाई खुला विश्वविद्यालयमार्फत अध्ययनको अवसर र चितवनका चेपाङ समुदायका लागि आवासीय विद्यालय सञ्चालन गरिने।

  • अन्तर्राष्ट्रिय सहकार्य: विदेशी विश्वविद्यालयलाई नेपालमा क्याम्पस सञ्चालन गर्न नीतिगत सहजता गरिने।

खेलकुद क्षेत्रका मुख्य योजना:

  • रङ्गशाला निर्माण: ५ वर्षभित्र ८ प्रमुख सहरमा आधुनिक क्रिकेट रङ्गशाला र ३ वर्षभित्र ७ सहरमा इनडोर मल्टिपर्पोज स्टेडियम निर्माण गरिने। १० वटा फुटबल रङ्गशालामा फ्लडलाइट जडान गरिने।

  • खेलाडीलाई सुविधा: अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई आजीवन निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था।

  • राष्ट्रिय खेलकुद: सुर्खेतमा हुने १०औँ र मधेस प्रदेशमा हुने ११औँ राष्ट्रिय खेलकुदका लागि आवश्यक पूर्वाधार निर्माण गरिने।

सरकारले मुलपानी, गिरिजाप्रसाद कोइराला र फाप्ला क्रिकेट रङ्गशालाको लगानी मोडालिटी तय गर्ने तथा खेलकुदमा विशेष क्षमता भएका विद्यार्थीलाई विद्यालय तहदेखि नै आवासीय प्रशिक्षण दिने योजना समेत अघि सारेको छ।

Author

Leave A Reply

Your email address will not be published.