संविधान संशोधनका लागि निजी क्षेत्रसँग सुझाव सङ्कलन सुरु
काठमाडौँ, १२ जेठ । संविधान संशोधनको बहसपत्र तयार गर्न गठित कार्यदलले आज उद्योगी, व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिहरूसँग छलफल सुरु गरेको छ।
प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित उक्त कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो ३ बजेदेखि सुझाव सङ्कलनका लागि बैठक आयोजना गरेको हो।
बैठकमा संविधान संशोधनका क्रममा उद्योग र वाणिज्य क्षेत्रका समस्या, आवश्यकता र सम्बोधन गरिनुपर्ने विषयहरूबारे निजी क्षेत्रका व्यक्तित्वहरूसँग विस्तृत छलफल भइरहेको छ। देशको आर्थिक विकास र व्यावसायिक वातावरणलाई थप मजबुत बनाउन संविधानमा गर्नुपर्ने परिमार्जनका लागि यो परामर्श लिइएको कार्यदलले जनाएको छ।