३ बैशाख २०८३, बिहीबार

एनपिएलमा अनलाइन सट्टाबाजी गराउने ८ भारतीय नागरिक पक्राउ

124

काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा अनलाइन सट्टाबाजी (बेटिङ) मा संलग्न रहेको आरोपमा प्रहरीले ८ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई काठमाडौंको बल्खुबाट नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार उनीहरूले ‘बेटाकुलर डट लाइभ’ (betacular.live) नामक वेबसाइटमार्फत एनपिएलका खेलहरूमा हारजित हुने गरी रकम लगानी गराएर सट्टाबाजी चलाइरहेका थिए ।

पक्राउ पर्नेहरू:
पक्राउ पर्ने सबै भारतको आन्ध्र प्रदेश घर भई हाल काठमाडौंको सामाखुशी बस्नेहरू हुन् । पक्राउ पर्नेमा ३१ वर्षीय राजा यदुला, ३५ वर्षीय महेश बाबु, ३० वर्षीय पण्डित श्रीनिवासुलु, २० वर्षीय सेख सोयब, ३० वर्षीय नभिन मड्डेला, ३२ वर्षीय महमद रफी सेख, १९ वर्षीय साई कुमार तम्मिसेट्टी र २८ वर्षीय सेख चन्द बसल रहेका छन् ।

पक्राउ परेकाहरूलाई सट्टाबाजी कसुरमा आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

Author

Leave A Reply

Your email address will not be published.